चाडपर्व लक्षित बजार अनुगमनमा निस्किए उपमेयर सुनिता डंगोल।

काठमाडौं := काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो ।

अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरू, गोदामहरू, खसी बजार, तरकारी बजार हेरिनेछ ।

आज बिहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा तीन समूह परिचालन भएको थियो ।