काठमाडौं ::= फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ ।
नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन्। गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।
यता नेपाली टोलीका कप्तान किरण चेम्जोङले एसिया कप छनोट २०२३ मा आफू नआएको नभएर नबोलाइएको बताएका छन्। किरणले राष्ट्रिय टोलीमा आफ्नो लागि मात्र नभएर देशका लागि खेल्न आएको भन्दै राष्ट्रिय टोलीमा गुट नभएको बुझ्न आग्रह गरे।
‘नआएको होइन निकालिएको भन्नुस न। बोलाइएन होइन। राष्ट्रिय टोलीमा गएपछि देशका लागि खेल्ने हो ग्रुपिजम बनाएर हिँड्ने होइन। हामी देशका लागि खेल्न आएको हौँ,’ चेम्जोङले भने, ‘राष्ट्रिय टिममा प्रतिनिधित्व गरेपछि किरण चेम्जोङको मात्र नाम आउँदैन, राष्ट्रको नाम आउँछ।’
तत्कालीन प्रशिक्षक अलमुताइरीसँग १० सिनियर खेलाडीको टसलका क्रममा किरणले खेलाडीहरुलाई समर्थन गरेका थिए। जसमा अलमुताइरीले यी खेलाडीलाई बाहिर राख्दै टिम घोषणा गरेका थिए।
यस्तो छ हेड टु हेड:
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।




















