[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपाल सरकारद्वारा मलेसियाका लागि नव नियुक्त राजदूत डिल्लीराज पौडेल आफ्नो कार्यभार सम्हाल्न मलेसिया आईपुग्नु भएको छ।
हिजो शुक्रबार मलेसिया आईपुग्नु भएका राजदूत डिल्लीराज पौडेललाई स्वागत गर्नको लागि दूतावासका उपनियोग प्रमुख मोती बहादुर श्रीस , द्धितिय सचिव प्रेम बुद्ध थापा , गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया अध्यक्ष बिनोद थापा , उपाध्यक्ष हेमराज थापा , दिल केरुङ लिम्बू , सह-कोषाध्यक्ष बलध्वज लिम्बू , आईसिसि सदस्य नेत्र केसी लगायत केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो।
पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई गएको भदौ महिना २७ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया आईपुगेका हुन । नेपाल र मलेसियाबीच सन् १९६० जनवरी १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नव नियुक्त राजदूत पौडेलको अगाडि मलेसियामा कार्यरत नेपाली श्रमिकका अनेकौं समस्याको समाधान गर्न चुनौतीको सामना गर्नुपर्ने देखिन्छन् । विशेषगरि पछिल्लो समय नेपाल – मलेसियाबीच सम्झौता भएको तर अहिलेसम्म कुरामै मात्रै सिमित नेपाली श्रमिक मलेसिया आउन फ्रि भिसा फ्रि टिकटको सम्झौता कार्वानयन गराउन ठुलो चुनौती रहेको छ।
फ्रि भिसा फ्रि टिकट भनेपनि नेपालका म्यानपावर ब्यावसायी र एजेन्टहरुले पछिल्लो समय मलेसिया आउने नेपाली श्रमिकहरुसंग ५० हजारदेखि करिबकरिब ३ लाखसम्म मनलाग्दी रकम असुल्ने गरेको गुनासो व्यापक छ्न । साथै अनलाइन श्रम स्विकृतीको काममा पनि अन्यौलतानै रहेको छ । अब यी सबै समस्याहरु लाई आगामी दिनमा नव नियुक्त राजदूत डिल्लीराज पौडेलले कसरी समाधान गर्लान् त ? त्यो भने हेर्न बाँकी नै छ्।