काठमाडौं := चर्चित हास्यकलाकार , अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई मागी विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।
बुद्धि तामाङले विवाहमा आफन्त र केही चर्चित कलाकारलाई निम्तो दिएका थिए । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए।