मलेसियामै सुरक्षागार्डमा काम गर्दै आएका सहमान थेबे अच्चानक भए बेपत्ता।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा सुरक्षागार्ड क्षेत्रमा काम गर्दै आएका एकजना नेपाली श्रमिक तिन हप्तादेखि अच्चानक बेपत्ता हुनुभएको , हराउनुभएको हो।

झापा जिल्लाको कचनकवल गाउँपालीका वडा नम्बर ७ बालुबाडी तत्कालीन बालुबाडी गाउँ बिकाश समिति वडा नम्बर ९ का वीरबहादुर थेबेका छोरा सहमान थेबे गत सेप्टेम्बर १ तारिख (भदौ १६ गते) बिहिवारदेखि मलेसियामा वेपत्ता हुनुभएको हो।

बेपत्ता हुनुभएको सहमान थेबेको खोजीकार्यमा सघाईदिन नेपालबाट निजको आफन्तले मलेसियामा रहनुभएका सम्पुर्ण नेपालीजनमा हार्दिक अनुरोध गर्नुभएको छ।  ५ बर्ष अघि मलेसिया आउनुभएका थेबे यहाँको “एम डब्लु सेक्युरिटी” कम्पनीसंग आवद्ध रहि काम गर्दै आएका थिए।

सेप्टेम्बर १ तारिखमा आफ्नो तलब लिएर बेलुकी करिब साढे ९ बजे कोठाबाट निस्किनु भएको थियो । सामान्यतया एकदुई घण्टा या एक दिन बेखबर हुनु स्वभाविक भए पनि तिन हप्तासम्म सम्पर्कमा नआएपछि भने उहाँको खोजी भएको हो । सहमानका बारेमा मलाया खबर मिडियाको सहकार्यमा मलेसियास्थित नेपाली राजदूतावासमा निवेदन दिइएको छ।

साथै यहाँ मलेसियामा कम्पनीले स्थानीय प्रहरीचौकीमा समेत निवेदन दिइसकेको भएपनि अहिलेसम्म प्रहरीले पनि फेला नपारेकोले चिन्ता बढ्दै गैइरहेको नेपालबाट परिवारले दुखेसो पोख्छ्न्। आफू कार्यरत कम्पनीका साथीहरु र नेपालस्थीत घर परिवारबाट पनि पुर्णरुपमा अच्चानक सम्पर्क बिहिन हुँदा घर परिवार आफन्त सबै चिन्तित बनेका छन्।

सहमानको खोजी गरिदिन सम्बन्धित निकाय तथा संघसंस्थामा अनुरोधसमेत गरिएको छ । उहाँ फेला परेमा मलाया खबरको मलेसिया सम्पर्क नम्बर +६०११७२३२८१५० र नेपालमा ९८१६०९६३९६ र मलेसियामै +६०११६११७३९५२२ नम्बरमा सम्पर्क गरिदिएर जानकारी दिनुहुन परिवारले अनुरोध गरेको छ।