मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि पियुस र सुनैनालाई।

काठमाडौं:= ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को उपाधि पियुस अग्रवाल र सुनैना क्षेत्रीले चुम्न सफल हुनुभएको छ । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगिताको अन्तिम स्पर्धामा पियुसले मिस्टर र सुनैनाले मिसतर्फको शीर्ष उपाधि चुम्न सफल हुनुभएको हो ।

पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप-शीर्षकसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइससमेत बन्नुभयो । प्रतियोगितामा मिस्टरतर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेण्ड रनरअप बन्दा मिसतर्फ दीक्षा उपाध्याय फष्ट रनरअप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पार्नुभयो ।

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिशत छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार एक लाख रुपैयाँ तथा विभिन्न उपहारसमेत प्राप्त गरेका छन् ।

त्यस्तै फष्ट रनरअप तथा सेकेण्ड रनरअपले बृटिश कलेजबाट पचास प्रतिशत छात्रवृक्ति तथा सहभागीले पहिलो वर्ष अध्यायनका लागि पच्चीस प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्याप्रभा झा रहनुभएको थियो ।