शुक्रबारदेखि दशैं लक्षित स्टक क्लियरेन्स मेला।

काठमाडौं := दशैंको अवसर पारेर शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले दाबी गर्नुभएको छ। नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानको बृहत् मेलालाई डिसहोम फाइबर नेटले प्रवद्र्धन गरेको छ ।

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजी पेमार्फत् भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउनेछन् । मेलामा कपडा, जुत्ता, हस्तकला, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायत स्टल रहने आयोजकले जनाएको छ।