काठमाडौं := जितिया नेपालको थरुहट तराई – मधेसका जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायको महिलाहरुको महान चाडपर्व हुन्। आफ्नो सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले थरुह्ट तराई – मधेसका जिल्लाहरुमा संगसंगै काठमाडौँ उपत्यकाको तीन ठाउँमा जितिया पर्व महोत्सव धुमधामले मनाएका छन्।

थारू महिला समाजले काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड, थारु महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमल र थारु साँस्कृतिक विकास मञ्चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाएका हुन्।

तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आईतवार उपवास (व्रत) परेको छ । व्रतालुहरुले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
हेर्नुस् तस्वीरहरु :
























