स्पेनिस ला लिगा फुटबल: बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले हरायो।

एजेन्सी:= स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने मेम्फिस डिपाएले एक गोल थपे। पहिलो हाफमा दुई तथा दोस्रो हाफमा बार्सिलोनाले एक गोल निकाल्यो ।

३४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ४१औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो । यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । अपराजित रहेको बार्सिलोनाको ६ खेलबाट १६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५ खेलबाट १५ अंक छ । पराजित इल्चे १ अंक जोडेर पुछारमा छ ।