क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुरमा अवस्थित नेपाली राजदूतावास सार्वजनिक विदाको अवसरमा दुई दिन बन्द रहने भएको छ।
दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको सूचना अनुसार मलेसिया डे अर्थात (Hari malaysia Day ) को अवसरमा यहीँ मिति २०७९ भदौ ३१ गते शुक्रबार (तदनुसार १६ सेप्टेम्बर २०२२) र नेपालको संविधान दिवसको अवसरमा मिति २०७९ असोज ३ गते सोमबार (तदनुसार १९ सेप्टेम्बर २०२२) नेपाली राजदूतावासको नियमित कन्सुलर सेवा बन्द रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। सूचनामा उल्लेख गरिएको छ।