धरान := धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गर्नुभएको छ । नगरको बजेट नै नचलाई जनश्रमदानबाट धरान बासिलाई उहाँले पानी खुवाउन सफल हुनुभएको हो ।
धरानमा लामो समयदेखि खानेपानी अभाव हुँदै आएको थियो । चुनावका क्रममा पनि उहाँले खानेपानीलाई नै मुख्य एजेण्डा बनाउनुभएको थियो । आज बिहान धरानको बजारमा खानेपानी ल्याएपछि उहाँले खुशी व्यक्त गर्नुभएको छ भने स्थानीयहरू पनि निकै हर्षित भएका छन्। सर्दु, खर्दु निशाने मुहानको खानेपानी शहरमा आएपछि धरानमा सबै मिलेर खुशी मनाएका हुन्।
फेसबुकमार्फत खुशी साट्दै साम्पाङ्गले लेख्नुभएको छ, ‘आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुर्याएका छौँ !सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !’ उहाँले शहरमा पानी ल्याएर सबै मिली रमाइलो साटासाट गरेको भिडियोसमेत फेसबुकमा पोष्ट गर्नुभएको छ ।
उहाँले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुसँग झन् ठूलो पानीको फोहोरा आउने बताउनुभयो । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । यसैबीच, मेयर साम्पाङ्गले आफ्नो बाचा पूरा गरेसँगै सामाजिक संजालमा उहाँलार्य बधाई दिनेको ओइरो लागेको छ ।
तलको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुस् :
धरानमा पानी बगेको हेर्न यसैमा क्लिक गर्नुस्
https://fb.watch/fvRqsP0JDh/




















