नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश।

एजेन्सी := नेपाल श्रीलङ्कामा चलिरहेको १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।कोलम्बोमा गएराति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलङ्कालाई ६–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक–एक गोल गरे ।

जितसँगै नेपालले फाइनलमा भारसँग भेट सुनिश्चत गरेको छ। सोमवारसम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २-१ गोलअन्तरले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा भारत र भुटानलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। नेपालले भुटानसँग २-१ र भारतसँग ३-१ गोलले जित निकालेको थियो। भारत समूह ‘बी’ कै उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

तस्बिर : साफ