मलेसिया र म्यानमारका राजदूतलाई पद तथा गोपनीयताको शपथ।

काठमाडौं := राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

उहाँले सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो पद तथा गोपनीयताको शपथ कार्यक्रमको अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो ।