मलेसियामा शारीरिक व्यायाम गर्न निस्केका श्रमिक प्रेम कुमार थापा अच्चानक बेपत्ता।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बिगत ९ बर्षदेखि सुरक्षागार्डमा काम गर्दै आईरहेका एक नेपाली श्रमिक बेपत्ता भएका , हराएका छ्न्।

नेपाल ठेगाना तनहुँ जिल्ला सुनधारा गाविस वडा नम्बर. ०२ निवासी नेपाली श्रमिक प्रेम कुमार थापा बेपत्ता हुनुभएको , हराउनु भएको हो। पासपोर्ट नम्बर ०७३११८०२ रहेको नेपाली श्रमिक प्रेम बिगत ९ बर्षदेखि मलेसियाको क्यु सि प्रोटेक्सन एण्ड प्रोटेक्सन एसडिएन बिएचडी (“QC PROTECTION & INVESTIGATION SERVICE SDN BHD ) नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि क्वालालम्पुर आसपासकै क्षेत्रमा सुरक्षागार्डमा काम गरिरहेका थिए।

तर यहीँ मिति सन् २०२२ / ०८ अगस्ट  / २८ तारिख आईतवारको दिन हरेक दिन:जसो बिहान करिबकरिब ०७:०० बजेको समयमा शारीरिक ब्यायाम गर्न निस्केका अन्दाजी ३६ बर्षिय श्रमिक प्रेम कुमार थापा दुई हप्तादेखि अच्चानक बेपत्ता हुनुभएको संगै काम गर्ने बेद बहादुर आलेले मलाया खबरलाई जानकारी दिनुभयो।

बेपत्ता प्रेमको खोजीकार्यमा आवश्यक पहल र सहयोग गरिदिनुहुनको लागि यता मलेसियामा रहेका रोजगारदाता कम्पनीले स्थानीय प्रहरी चौकीमा पनि निवेदन दिइएको छ । त्यस्तै नेपाल घरदेखि खुम बहादुर थापा नाम भएका प्रेमको मामा पर्ने आफन्तले समेत नेपालको प्रहरीचौकी र परराष्ट मन्त्रालय मातहतको कन्सुलर सेवा बिभागमा र यता मलेसियास्थित नेपाली दूतावासमा समेत निवेदन पेश गरेका छ्न।

बेपत्ता प्रेमको घरमा बुवा , आमा र श्रीमतिसंगै एक छोरा अनि एक छोरी रहेका छ्न। घरबाट उनको परिवारले प्रेमलाई मलेसियामा खोजी गरिदिनुहुनको लागि यहाँ कार्यरत सम्पुर्ण नेपाली जनसमुदायमा विनम्र अनुरोध गर्नुभएको छ।