क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाको १७ औं बार्षिक उत्सव तथा महाधिवेशन कार्यक्रम-२०२२ भब्य आयोजना हुने भएको छ।
“विश्व भरी छरिएका तामाङहरु एक हौं , हाम्रो भाषा धर्म र संस्कृतिको जगेर्ना, प्रवर्द्धन गरौं, हाम्रो संस्कृतिक एकताको मुल नारा , ताम्सालिङ् प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको मुल अभिभारा” भन्ने नारासहित यहीँ सेप्टेम्बर ११ तारिख आईतवारको दिन राजधानी क्वालालम्पुरमा अवस्थित ग्रेण्ड कन्टिनेण्टल होटलमा आयोजना हुने घेदुङको सो बार्षिक उत्सव तथा महाधिवेशन कार्यक्रममा तामाङ भाषाको चलचित्र काख्रे पनि प्रदर्शन गरिने घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ् तामाङले जानकारी दिनुभयो।
मलेसियामा सामाजिक उद्दारको कामसंगै यहाँ रहेका सम्पुर्ण तामाङ युवा , युवतीहरुलाई आफ्नो भाषा,धर्म र संस्कृति संग नजिक बनाउने काम गर्दै आएको मलेसियाको नेपाल तामाङ घेदुङले यहाँ रहेका सम्पुर्णलाई चलचित्रको माध्यमबाट आफ्नो भाषा र संस्कृति संग नजिक बनाउन र मनोरञ्जन दिलाउनुका साथै चलचित्र निर्माण युनिटलाइ थप हौसला प्रदान गर्ने उद्देश्यले तामाङ चलचित्र काख्रे प्रदर्शन गर्न लागिएको अध्यक्ष जगत दोङ् तामाङले बताउनुभय।
मलेसियामा यसरी तामाङ जाती , भाषाको चलचित्र प्रदर्शन हुन लागेको भने यो पहिलो पटक हो। यसअघि चलचित्र काख्रे कतार लगायत नेपालका विभिन्न ठाउँमा प्रदर्शन गरिसकेको र कतिपय ठाउँहरुमा प्रदर्शन गर्ने तयारी हुँदै गरेको चलचित्र काख्रे मलेसियामा पनि प्रदर्शन गरिने भएको हो।




















