ग्लोबल आइएमई बैंकको २७३ औं एटिएम देवीनगरमा।

बुटवल:= ग्लोबल आइएमई बैंक देवीनगर शाखाले दोस्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकका एटिएम संख्या दुई सय ७३ पुगेको छ ।

एटिएम सेवा उद्घाटन बुटवल उपमहानगरपालिका-११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्तरूपमा गर्नुभएको बैंकले जनाएको छ । वडाध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटिएमले सेवाग्राहीलाई धेरै सहज हुने बताउनुभएको छ ।