बारा (कोल्हवी):= तराई – मधेसमा थरुहट आन्दोलन सुरु भएदेखिनै बारा जिल्लामा सामाजिक संगै राजनीतिक क्षेत्रमा पनि राम्रै परिचय स्थापित गरेकी थरुहट नेतृ राधा चौधरीले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
नेतृ राधा चौधरीले आफ्नो समाजिक संजाल फेसबुकमार्फत नेपाली काङ्ग्रेस पार्टीबाट साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएकी हुन् ।
उनले फेसबुकमा ” म राधा चौधरी थरुहट आन्दोलनदेखि नै थारु समुदायको हक अधिकारका लागि अग्रपंक्तिमा रहेर खटिँदै आएको सम्पुर्णमा जगजाहेर नै छ। थारु समुदायको अधिकार माग्दैगर्दा मलाई विभिन्न पार्टीमा डोर्याउँदै लग्यो। यसबीचमा म नेपाली कांग्रेसमा आबद्ध रहेको थिएँ। तर आजकै मितिदेखि नेपाली कांग्रेस पार्टीसँगको यात्राबाट पूर्णरूपमा बिराम लिएको छु। पार्टीका साधारण सदस्यसम्म नरहनेगरी परित्याग गरेको घोषणा गर्दछु। आजसम्मको यात्रा सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण नेता, साथी र पार्टीका सदस्यहरु शुभचिन्तकहरुमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। म जुनसुकै पार्टीमा भए पनि थरुहट-मधेश आन्दोलन र थारू-मधेसीको अधिकारको लागि सधैं लडिरहनेछु। हाम्रो साथीभाइसँगको व्यक्तिगत सम्बन्ध सधैं रहिरहने छ। आगामी दिनमा कुनै न कुनैरुपले तपाइँहरुसँग जोडिने नै छु।” उनले फेसबुकमा लेखेकी छ्न्।

नेतृ राधा चौधरी नेपाली कांग्रेस भन्दा पहिले तराई – मधेसमा आन्दोलन हुँदा थरुह्ट मागमुद्दालाई लिएर आन्दोलनमा होमिएकी थिइन्। पछि उनले विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीमा पनि आवद्ध भएकी थिइन् ।
साथै उनले अघिल्लो निर्वाचन,चुनावमा बाराको कोल्हबी नगरपालिकामा उप-मेयर पदमा उम्मेदवार समेत बनेकी थिइन्। तर अहिले पुनः नेतृ राधा चौधरीले अब आगामी निर्वाचनमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बाराको चर्चित नेता तथा अहिलेका केन्द्रिय सरकारका खानेपानी मन्त्री तथा काङ्ग्रेस सह-महामन्त्री उमाकान्त चौधरीको क्षेत्रबाट प्रदेशतर्फ उम्मेदवारी दिने तीब्र तयारी गरिरहेकी बताएकी छ्न्।




















