‘कमेडी क्लब विथ च्याम्पियन्स’ले मनायो २६ भागको सफलता पार्टी।

काठमाडौं:=  कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण भएको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले २६ भाग पूरा गरेको छ । नेपाल टेलिभिजनबाट तथा ओएसआर डिजिटलबाट प्रशारण भइरहेको यो कमेडी रियालिटी शो टिमले सफलताको सेलिब्रेशन गरेको छ ।

शो प्रशारणको २६ भाग पुगेको अवसरमा आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै केक काटिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका हास्य कलाकार दीपकराज गिरीले भने, ‘पहिलो भागमा म अतिथिको रुपमा पुगेको थिएँ। शो समयमा कलाकारहरूले मलाई हँसाउन सकेनन्। तर अहिले शो गज्जब तरिकाले अगाडि बढिरहेको छ। यो शोमा सहभागी भाइबहिनीहरूको प्रगति देखेर खुशी लागेको छ।’

यस्तै शोकी अध्यक्ष दीपाश्री निरौलाले पनि नयाँ पुस्ताले कमेडीलाई नयाँ तरिकाले अगाडि बढाएको भन्दै खुशी व्यक्त गरिन्। उनले शोमा रमाइलो गर्दै पारिवारिक वातावरणमा काम गरेको बताइन्। ‘कमेडी क्लब विथ च्याम्पियन्स’को अबको बाँकी भाग कमेडियन विक्की अग्रवालले निर्देशन गर्नेछन्। १० भागसम्म विक्कीले नै निर्देशन गरेको शोको बाँकी भाग विशालले अगाडि बढाएका थिए। तर अब बाँकी भाग विक्कीले नै सुरु गर्नेछन्।

शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले आफ्नो प्रस्तुति दिँदै आएका छन्। एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर निर्माण गरिएको शो आउँदो वर्षको असार मसान्तसम्म चल्नेछ।