बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस।

8/25/2022 - Liz Truss during a hustings event at the Holiday Inn, in Norwich North, Norfolk, as part of her campaign to be leader of the Conservative Party and the next prime minister. Picture date: Thursday August 25, 2022. (Photo by Joe Giddens/PA Images/Alamy Images/Sipa USA) *** US Rights Only ***

एजेन्सी (लन्डन):=  बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गतशुक्रबार मतदान गरेका थिए ।