सुकेश चन्द्रशेखर मनी लान्ड्रिङ प्रकरणमा प्रहरीद्वारा नोरा फतेहीसंग सोधपुछ।

एजेन्सी (नयाँदिल्ली):= बलिउड अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखर मनी लान्ड्रिङ प्रकरणमा दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले सोधपुछ गरेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि सोही मुद्दामा सोधपुछ भइरहेको छ र अब १२ सेप्टेम्बरमा फेरि सोधपुछ गरिने जनाइएको छ ।

सुकेश चन्द्रशेखर २०० करोडको ठगी मुद्दामा अभियुक्त हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप छ । उनले नोरा फतेही र ज्याकलिन फर्नान्डिजलाई महँगो उपहार दिएको पनि आरोप छ । नोरा फतेहीलाई सोधपुछका क्रममा सुकेश चन्द्रशेखर र उनको उपहारबारे करिब ५० प्रश्न सोधिएको थियो ।

राति आठ बजेसम्म उनीसँग सोधपुछ गरिएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार, उनलाई सोधिएको थियो कि उनले कुन उपहार पाएकी छन्, उनी कोसँग कुरा गर्थिन्, उनले सुकेश र उनकी श्रीमतीलाई कहाँ भेटिन् ।