कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र न.१ बाट उम्मेदवार सिफारिस।

सुर्खेत:= नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनु भएको छ ।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।