श्रीमतीसँग झगडापछि ३२ दिनदेखि रुखमा बस्दै आएका वृद्धको यसरी गरियो उद्धार।

एजेन्सी := युपीको मउमा श्रीमतीसँग झगडा भएपछि ३२ दिनदेखि १०० फिट अग्लो ताडको रुखमा बसेका रामप्रवेशलाई प्रहरी–प्रशासनले निकै प्रयासपछि तल ल्याएको छ । बसरतपुर गाउँपालिकाको दलित बस्तीमा श्रीमतीसँग झगडा भएपछि रामप्रवेश ताडको रुखमा बस्न थालेका थिए ।

उनी विगत एक महिनादेखि ताडको रुखमा बस्दै आएका थिए । यस क्रममा उनलाई तल ल्याउन धेरै प्रयास गरियो तर उनले कसैको कुरा सुनेनन् । आइतबार श्रीमतीको निवेदनपछि प्रहरीले उनलाई तल ल्याएको हो ।

मउको प्रहरी चौकी कोपागञ्ज क्षेत्र बसरतपुर गाउँको दलित बस्तीमा बस्ने रामप्रवेशको ६ महिनादेखि श्रीमतीसँग झगडा चलिरहेको थियो । श्रीमतीले कुटपिट गरेको उनले आरोप लगाएका छन् ।

यसबाट रिसाएर उनले घर नजिकैको एक सय फिट अग्लो ताडको रुखमा एक महिनासम्म बस्न थाले । परिवार र गाउँलेहरूले उनलाई तल ल्याउन धेरै प्रयास गरे तर उनी तल झरेनन् । रुखमा नै भगवानको पूजा गर्न थाले ।

रामप्रवेशका बाबुले रामप्रवेशको आफ्नी श्रीमतीसँग झगडा पर्ने गरेको बताए । त्यसपछि उनी रुखमै बस्न थाले । उनलाई डोरीको सहायताले रुखमा खाना खुवाइएको थियो । त्यतिबेला उनी राति तल ओर्लने गरेको गाउँले बताउँछन् । व्यक्तिगत कर्म गरेर रुखमा चढ्ने गर्थे ।

एसडीएम हेमन्त चौधरीले भने, “पुलिस कर्मचारी र वर्दी बिनाका युवाहरूलाई छेउछाउको ताडको रूखमा चढाइएको थियो। पहिले टोलीले रामप्रवेशले बनाएको बास्ने ठाउँलाई तल ल्यायो। त्यसपछि रामप्रवेश भएको रुखमा दुईजना युवकलाई चढाइयो। उनलाई जालीमा खसालेर सकुशल उद्धार गरिएको थियो।”