युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न रुसद्धारा अस्वीकार।

मस्को:= रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो ।

प्रत्येक पाँच वर्षमा आणविक अप्रसार सन्धिमाथि हुने समिक्षा गर्न आयोजित कार्यक्रममा रुसले युक्रेनको आणविक प्लान्टका विषयमा आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आणविक हतियारको विस्तारलाई नियन्त्रण गर्ने उदेश्यले आयोजित सम्मेलनमा १ सय ९१ जनाले हस्ताक्षर गरेका थिए ।

रुसले युक्रेनको आणविक प्लान्ट, विशेष गरी जापोरिज्जिया वरपरको सैन्य गतिविधिमा ‘गम्भीर चिन्ता’ लाई उद्धृत गर्दै मस्यौदामा आपत्ति जनाएको हो ।