रोमान्टिक जीवनको लागि चुम्बन गर्नु महत्वपुर्ण।

काठमाडौं:= रोमान्टिक जीवनमा चुम्बनको महत्वपूर्ण भूमिका हुन्छ। पश्चिमी समाजमा चुम्बन गर्नु सामान्य मानिए पनि हाम्रो जस्तो मुलुकमा चुम्बन लुकिछिपी मात्र हुने गर्दछ। पश्चिमाहरुले यसलाई विश्वभरका लागि सामान्य व्यवहार ठान्छन् । तर, नयाँ अध्ययन अनुसार चुम्बन गर्ने संस्कार सबैतिर छैन । विश्वको कुल जनसंख्याको आधाभन्दा पनि कममा मात्र चुम्बन गर्ने प्रचलन छ ।

गर्नेहरुले चुम्बनका फाइदाका विषयमा खोज अनुसन्धान गरेका छन्, चुम्बन प्रचलित देशहरुमा यसको छुट्टै महत्व रहेको बताइन्छ । चुम्बनले सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्छ । चुम्बन गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध र चुम्बन गरिने अङ्ग, त्यस समाजमा प्रचलित संस्कार एवं चुम्बन गरिने परिप्रेक्ष्यको आधारमा वात्सल्य, श्रद्धा, आदर, सद्भाव, प्रेम, काम वासना प्रकट गर्न चुम्बनकै सहयोग लिइन्छ ।

चुम्बनका क्रममा वा चुम्बनका लागि सर्वप्रिय अङ्ग ओंठ नै हो तर पनि चुम्बन गाला, निधार, हात, कपाल, स्तनलगायतका यौन संवेदनशील अङ्गमा पनि गरिन्छ । चुम्बनको सुरुवात एकथरिले स्वतःस्फूर्त विकसित कार्य मान्ने गरेको पाइन्छ ।

चुम्बन अर्थात किसको महत्व प्रेममा अझ महत्वपूर्ण छ । तर, यसको पछाडि कारण के छ भन्ने कुरा भने धेरै कमलाई मात्र थाहा छ ।पछिल्लो एक अध्ययनका अनुसार आफ्नो पार्टनरप्रति तपाईको लगाव कति छ भन्ने कुरा थाहा पाउन ‘किस’ को महत्वपूर्ण स्थान छ । यसले आपसी सम्बन्धलाई थप मजबुत बनाउन पनि सहयोग पुग्छ। एउटा रिलेशनसीपलाई बलियो बनाउनमा किसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सेक्स्युअल रिलेशनसीपमा किसको भूमिकाको विषयमा तीन वटा थ्यौरी भएको बताइन्छ । पहिलो दुवै पार्टनरको जेनेटिक क्वालिटि बढाउछ । दोस्रो, सेक्सका लागि उत्तेजनाको काम गर्दछ । र, तेस्रो यसले रिलेशनसीपलाई अझ प्रगाढ बनाउन सहयोग गर्दछ ।

यौन आसयविना पनि चुम्बनद्वारा अनुभूति व्यक्त गर्न सकिन्छ तर पनि हात वा जीउ सुम्सुम्याएर लिइने यौनस्पर्शपछिको दोस्रो मुख्य भौतिक सानिध्यको उपाय चुम्बन हो । कतिपय समाजमा मुखमुखबीचको चुम्बन यौन पाकक्रीडाका लागि सञ्चय गरिराखेको हुन्छ । प्रेम तथा कामवासनाका अभिप्रायले गरिने चुम्बन जबर्जस्ती हुनु हुँदैन । र, चुम्बन बलजफ्ती गर्ने कार्य पनि होइन ।

आदिम समुदायमा मानिसहरुले चुम्बन गर्थे या गर्दैन थिए भन्ने प्रमाण पाइदैन । ब्राजिलका मेहिनाकु जनजातिय समुदायले यसलाई अशिष्टता मान्ने गर्छन् । यस अध्ययन दलका प्रमुख र लस भेगास युनिभर्सिटीका प्रोफेसर विलियम जानकोवायकका अनुसार यो सबै मानवको स्वभाव होइन ।

प्रोफेसर विलियम जानकोवायकका अनुसार चुम्बन गर्नु पश्चिमी समुदायको देन हो, जो एक पिढींबाट अर्को पिढींमा आएको हो। उनको भनाईलाई सत्य मान्ने केही ऐतिहासिक कारण पनि छ।बेलायतका युनिभर्सिटी अफ अक्सफोर्डका प्रोफेसर राफेल वलोडारस्की भन्छन्, चुम्बन गर्नु अहिलेको चलन हो ।

त्यसो त चुम्बन जस्तै कुनै क्रियाको पुरानो उदाहरण हिन्दुको वैदिक संस्कृतिमा पनि पाइन्छ, जो आजभन्दा ३५ सय बर्ष पुरानो हो । विभिन्न पत्रपत्रिकाको सहयोगमा