एजेन्सी (मुम्बई):= भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।
सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ । त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा गायक राहत फतेह अली खानको स्वर छ । देव राजको कम्पोज रहेको गीतमा हरिशंकर सूफीको शब्द छ ।
तेस्रो गीत ‘तुम प्यार हो’ मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर छ भने असलम कीको कम्पोज र कुमारको शब्द छ ।चौंथो गीतमा ‘मुझ में बस जाना’ मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । रोमान्टिक शैलीमा तयार यो गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द छ । आगामी असोज ७ गतेबाट फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्म भारतको लागि हिन्दी डब गरिएको छ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘प्रेम गीत ३’ बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
काठमाडौं := टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान...
काठमाडौं:= प्रवासी नेपाली समन्वय समिति (PNCC) ले आफ्नो स्थापना दिवस तथा १७औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा...
काठमाडौं := भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
भारत:= भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गतको प्राथमिक साझेदार मुलुकका रूपमा पुनः उल्लेख गर्नुभएको छ । बुधबार रास्वपाका...
काठमाडौं := सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले पाँच दिने औपचारिक भ्रमणको क्रममा छिमेकी राष्ट्र भारतमा हुनुहुन्छ...