क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको ५औं महाधिवेशन तथा २८ औं विश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न भएको छ। आईतवार राजधानी क्वालालम्पुरमा महासंघका अध्यक्ष विपिन राईको सभापतित्वमा सम्पन्न भएको महाधिवेशनले पुनः बिपिन राईकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
महासंघको नयाँ नेतृत्वमा अध्यक्षमा बिपिन राई, उपाध्यक्षमा पदम राज लिम्बू, जगद दोङ्ग तामाङ,महिला उपाध्यक्षमा राधा मगर थारु, त्यसैगरी महासचिवमा बिक्रम तामाङ, र सचिवमा ईश्वर राई, अर्पण मगर निर्वाचित हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा वीर बहादुर सारु (मगर) र सह-कोषाध्यक्षमा सम्झना तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैहरि सदस्यहरुमा क्रमश: योग बहादुर लुङ्गगेली मगर, यज्ञ कुमार राई, राम कुमार चाम्लिङ राई, तेज कुमार लिम्बू, महासंघको सदस्यमा निर्वाचित हुनुभएको हो।

जीवन देवान गाउँलेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समाजसेवी, पत्रकार युवा आरएन चौधरी थारुले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका कार्यबाहक राजदूत मोती बहादुर श्रीस, विशेष अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष विनोद थापा लगायतको उपस्थित रहनुभएको थियो।



प्रमुख अतिथि मोती बहादुर श्रीसले कार्यक्रममा सम्बोधन गर्ने क्रममा शुभकामना मन्तव्यसंगै नेपाल आदिवासी जनजाति महासंघ भनेको विभिन्न जातजातिको एउटा साझा संगठन हो, यस् महासंघमा तामाङ, गुरुङ, मगर, थारु सामुदाय , किरात राई यायोक्खा लगायत विभिन्न जातजातिको ब्यक्तिहरु आउनको लागि एकबद्ध भएर अगाडि बढ्न आग्रह गर्दै यो महासंघले विगत देखिनै राजदुतावाससंग सहकार्य गरेर विभिन्न उल्लेखनीय कामहरु गरिदै आईरहेको बताउनुभयो।

प्रमुख अतिथि श्रीसले भन्नुभयो , दूतावासमा हाम्रो जनशक्ति स्रोत साधनको अभावले सेवाग्राहीलाई लाई सेवा दिन केहि समस्या परेको छ। तर पनि हामीले विस्तारै त्यस् लाई प्रभावकारी बनाउदैछौं। दूतावासले हरदम नेपाली श्रमिकलाई साथ सहयोग गरिरहेको,श्रमिककै सेवामा खटिरहेको अवगत गराउनुभयो।
त्यसैगरि कार्यक्रमका बिशेष अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बोल्दै नेपाल आदिवासी जनजाती महासंघ र एनआरएनएको सम्बन्ध नङ् र मासुको जस्तै रहेको ब्याख्या गर्नुभयो। विगत लामो समयदेखि महासंघ र एनआरएनएको सहकार्यमा विभिन्न समाजिक साँन्स्कृतिक काम गरिदै आईरहेको बताउनुभयो।

साथै अब एनआरएनएले मलेसियामा रहेको श्रमिकहरुको लागि एकदमै जरुरी रहेको श्रम स्वीकृतिको समस्या धेरैमा रहेकोले श्रम स्वीकृति लिन अनलाईन मार्फत लिन सकिने भए पनि प्राय सबैलाई थाहा नभएकोले श्रम स्वीकृति नवीकरणको लागि सहज हुनेगरि दूतावास लगायतको सहकार्यमा ब्यवस्थापन गरिने बताउनुभयो।

त्यसैगरी अतिथिहरुमा नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बू, नेपाल तामाङ, घेदुङ मलेसियाका अध्यक्ष जनक दोङ्ग तामाङ, प्रवासी थारु सेवा समाज मलेसियाका सदस्य गोबिन्द चौधरी , महासंघका पुर्व अध्यक्षहरु सुन्दर आले मगर , दिपक तामाङ लगायत विभिन्न्न संघसस्थामा आबद्ध प्रतिनिधिहरु साथै मलेसियामा रहनुहुने नेपाली श्रमिक, व्यावसायिक हरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुले पनि पालैपालो शुभकामना मन्तव्य राख्नुभएको थियो। साथै उक्त कार्यक्रममा मलेसियामा कार्यरत रहि नेपाली श्रमिकको निम्ति विभिन्न क्षेत्रबाट योगदान दिनुहुने समाजसेवी ब्याक्तित्व , साहित्यकार पत्रकार, कलाकार र संघसंस्थालाई दोसल्ला ओढाइ सम्मान पत्र, कदरपत्र समेत प्रदान गरिएको थियो।



कार्यक्रममा उपस्थित भएकोले खान मिल्नेगरि थारु समुदायको तर्फबाट घोङ्गि , लिम्बू समुदायको तोङ्बा लगायत विभिन्न जातजातिको खानाको प्रमुख परिकार समेत स्टलमा राखिएको थियो। साथै विभिन्न जातजातिको स्थानीय कलाकारहरुले झाकी , नृत्य र गायन समेत प्रस्तुति दिइएको थियो ।



PHOTO CREADIT : KRISHNA GUPTA



















