नेपाली चलचित्र ‘प्रेमगञ्ज’लाई प्रिमियर सो मा सकारात्मक प्रतिक्रिया।

काठमाडौं := भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रेमकथामा आधारित चलचित्र ‘प्रेमगञ्ज’को प्रिमियर शो सम्पन्न भएको छ । वान सिनेमाज् मल्टिप्लेक्समा मंगलबार आयोजित प्रथम प्रिमियरबाट चलचित्रले उपस्थित कलाकार, निर्देशक, निर्माता चलचित्रकर्मी तथा सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

निर्देशक परिच्छेद सेन, कलाकारहरु तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँलगायत प्रिमियरमा उपस्थित रहनुभएको थियो । सीमान्त उदास, दीपेन्द्र के खनाल, लय संग्रौला, नरेश पौड्याल लगायतका चलचित्रकर्मीले प्रिमियरमा उपस्थित भएर चलचित्र हेर्नुभएको थियो ।