आदिवासी जनजाती महासंघ मलेसियाको महाधिवेशन तथा विश्व आदिवासी दिवस अगस्ट २१ तारिख।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले २८औं विश्व आदिवासी दिवस तथा आफ्नो ५औं महाधिवेशन भब्य आयोजना गर्ने भएको छ।

यहीँ अगस्ट महिनाको २१ तारिख आईतवारको दिन मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित द-फाइभ इलिमेन्ट ( The 5 Elements Hotel ) होटेलमा विश्व आदिवासी दिवस तथा ५औं महाधिवेशन आयोजना गर्ने  भएको हो ।

सो कार्यक्रम आयोजना गर्न सम्पुर्ण तयारी समेत पूरा भैइसकेको र कार्यक्रममा विभिन्न जातजातिको जातिय झाँकी, नृत्य संगै जातिय मौलिक खाना , परिकारको स्टल समेत रहने साथै महासंघको महाधिवेशनबाट अर्को कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिने आयोजक समितिको तर्फबाट नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका बर्तमान अध्यक्ष बिपिन राईले जानकारी दिनुभयो।

मलेसियामा रहेका विभिन्न जातीय संघसंस्थाका छातासंगठनको रुपमा रहेका महासंघले आफ्नो स्थापनाकालदेखिनै यस् प्रवासको ठाउँमा आदिवासी पहिचान झल्काउने मात्रै नभएर यहाँ विभिन्न समस्यामा परेका पीडित नेपाली श्रमिकलाई उद्दार गर्ने र स्वदेश फर्काउने र श्रमिकमाझ सचेतना फैलाउने लगायतको कार्य समेत गर्दै आएको छ।

त्यस्तै महासंघले सोही कार्यक्रमको अवसरमा यहाँ मलेसियामा कार्यरत रहेर विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु, कलाकार ,पत्रकार ,खेलाडी साथै समाजसेवीहरुलाई सम्मान समेत गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो।

कार्यक्रमका मूख्य प्रायोजकमा एभरेष्ट कीचन रेष्टुरेन्ट र काठमान्डौ रेष्टुरेन्ट रहेका छन् भने सह प्रायोजकमा क्रमशः चितवन ट्रेडिङ, मितेरि रेष्टुरेन्ट, मण्डला रेष्टुरेन्ट ,लाङघालि, चुल्हो, द गोर्खाज रेष्टुरेन्ट, लालि गुराँस रेष्टुरेन्ट र साइना फेन्सी  सप रहेको छ। कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था बाट आर्थिक भौतिक सहयोग भईरहेको अध्यक्ष राईले बताउनुभयो।