युक्रेन:= युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको पेस्की शहरमा रुसी सेनाको पूर्ण नियन्त्रण कायम रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । त्यस शहरमा रहेका युक्रेनी सैनिकहरू आफ्नो पोजिसन छोडेर भागेका छन् । उनीहरू निप्रोपेट्रोब्स्कतर्फ गएको बताइएको छ ।
पेस्कीमा भएको भयंकर लडाइँमा खटिएका युक्रेनी सैनिकमध्ये ७० प्रतिशतको मृत्यु भएको बताइएको छ । त्यस क्षेत्रनजिक रहेका युक्रेनी सैनिकको नैतिक र मनोवैज्ञानिक स्थिति कमजोर छ ।
यस युद्धले निम्त्याएको विनाशले युक्रेनलाई बर्बादीको संघारमा पुर्याएको छ । रुसले गत फेब्रुवरी २४ बाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले युक्रेनका सम्पूर्ण संरचनालाई ध्वस्त पारेको छ । सधैँ चहलपहल रहेने युक्रेनी शहरमा मसानटघाट जस्तै सन्नाटा छाएको छ ।




















