काबुल (अफगानिस्तान):= अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । साथै सयौं घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।
भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो संख्यामा गाउँ र बस्ती प्रभावित भएको जनाइएको छ । प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दशौँ बगैँचाहरू प्रभावित भएका छन् । एजेन्सी




















