इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी र आर्सनलकाे सहज जित।

एजेन्सी := इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिगको दोस्रो खेलमा फराकिलो जित निकालेको छ ।म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नमाउथमाथि ४-० को जित दर्ता गरेको हो । सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रह्यो ।

त्यस्तै,  गय राति नै भएको खेलमा आर्सनलले सहज जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले  लेस्टर सिटीलाई ४-२ ले हरायो । अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।