कतार:= कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ फुटबल प्रतियोगिता अब एक दिन अगाडि सरेको छ। खेल आगामी आउँदो महिना नोभेम्बर २० मा उद्घाटन हुनेछ। जसमा उद्घाटन खेलमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ।
यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ। आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ ।
उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिबाट गृहकार्य सुरु गरेको थियो । कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो । कतार विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ ।




















