मलेसियामा कार्यरत एक नेपाली श्रमिकको सुत्यासुत्यै अवस्थामा मृत्यु।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकको सुत्यासुत्यै अवस्थामा मृत्यु भएको छ।

नेपाल ठेगाना पोखरा घर भएका अन्दाजी उमेर ३५ बर्षिय नेपाली श्रमिक नबिन गुरुङको यहीँ अगस्ट ११ तारिख बिहिवार बिहानीपखको समयमा आफ्नै कोठामा सुत्यासुत्यै मृत्यु भैइसकेको अवस्थामा फ़ेला पारेको संगै एकै कम्पनीमा कामगर्ने , संगै बस्ने एक नेपाली श्रमिकले मलाया खबरलाई जानकारी दिनुभयो।

मलेसियाको केलाङ कापरमा अवस्थित यौन ग्रािम इलेक्ट्रोनिक्स एम एसडिएन बिएचडी ( youngreem electronics m sdn bhd ) नामक एक म्यानुफ्याक्चरिङ् कम्पनीमा बिगत २ बर्षदेखि अवैधानिक हैसियतमा रहि काम गर्दै आएका श्रमिक नबिन गुरुङको मृत्यु अत्याधिक मदिरा (रक्सी) सेवनको कारण भएको हुनसक्ने आशँका गरिएको रुममा संगै बस्ने नेपालीले बताउनुभयो।

जानकारी अनुसार नबिनले दिनहुुँजसो अत्याधिक मात्रामा थरीथरीका मदिरा सेवन गर्ने गरेका थिए। मृतक नबिनको शव पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा लगिएको छ। मृतकबारे थप विवरण खुल्न भने बाँकी रहेको छ।