भिजिट भिसामा कुवेत जान लागेका पाँच महिलालाई विमानस्थलबाट फर्काइयो।

काठमाडौं:= भिजिट भिसामा कुवेत जान लागेका पाँच महिलालाई अध्यागमन विभागले फर्काएको छ। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई अनुसन्धानका लागि विभागले प्रहरीको जिम्मा लगाएको हो।

पक्राउ पर्नेहरूमा पर्वतकी अन्जु बोहोरा, धादिङकी माया तामाङ, झापाकी सोमी धिमाल, दाङकी पार्वती सार्की र बर्दियाकी करुवासिंह ठकुरीलाई अनुसन्धान गरिरहेको गौशाला वृत्तले जनाएको छ।

उनीहरूको शैक्षिक योग्यताको प्रमाणपत्र तथा नाता प्रमाणीकरणलगायतका कागजातहरू प्रारम्भिक छानबिनमा शंकास्पद देखिएपछि अध्यागमन कार्यालयले फिर्ता गरी प्रहरीको जिम्मा लगाएको बताइएको छ। विमानस्थल प्रहरीले ती कागजपत्र छानबिन गर्न पाँचै जनालाई गौशाला वृत्तमा पठाएको जनाएको छ।