काठमाडौं := तीज नजिकिँदै गर्दा अस्तीसम्म एउटा भनाई चल्तीमा थियो- विष्णु माझीको गीत नआउँदासम्म तीज आएको महसुस नै हुँदैन ।’ गतवर्ष उनको गीत ‘चरी जेलैमा’ ब्लकबस्टर मात्र बनेन, उनको वास्तविक जीवनसँग मेल खाएको भन्दै चर्चित पनि बन्यो ।
सुन्दरमणीकै संगीत र भिडियो निर्देशनमा माझीले उक्त ब्लकबस्टर गीत ‘चरी जेलैमा’को दोस्रो सिक्वेल ल्याएकी छन् । ‘चरी जेलैमा २’ बोलको गीत बुधबार बेलुका युट्युवमा रिलिज भएको छ ।
गीतमा ललिता पौडेलले अभिनय गरेकी छिन् भने यसलाई शम्भु चालिसेले खिचेका हुन्। गीतको भिडियोको निर्देशन पनि अधिकारीलले नै गरेका हुन्।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















