दुबईमा दुर्घटनामा परेर अपाङ्गता भएकी जानकी मगरलाई नेपाल फर्काइयो।

युएई := वैदेशिक रोजगारीको सिलसिलामा दुबई (युएई) मा कार्यरत रहेकै बेला दुर्घटनामा परेकी नेपाली श्रमिक जानकी थापा मगरलाई व्यवसायी दुर्गा प्रसाईंको पहलमा नेपाल फर्काइएको छ।

दुर्घटनामा परेर अपाङ्गता भएकी उनलाई मंगलबार स्वदेश फर्काइएको हो । विगत सात वर्षदेखि दुबईको एक घरमा कार्यरत मगर दुर्घटनामा परेकी थिइन् ।

कोमामा रहेकी मगरले स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फर्काइदिन दूतावासलाई आग्रह गर्दा पनि नटेरेपछि आफूले फर्काएको व्यवसायी दुर्गा प्रसाईंले बताउनुभयो ।

उनीसँगै दुबइस्थित एक घरको छतमा वर्षौंदेखि दिनरात गुजार्न बाध्य १० जना युवाहरूलाई स्वदेश फर्काउन पहल भइरहेको उहाँको व्यसायी प्रसाईंको भनाइ छ ।