मलेसियाली अध्यागमन बिभागद्वारा छापामारी: सयौं अवैधानिक विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियालि अध्यागमन बिभाग (इमिग्रेशन)ले मलेसियाको काजाङ भन्ने ठाउँमा छापामारी गरि अवैधानिक विदेशी श्रमिकहरुलाई पक्राउ गरेको छ।

आज बिहिवार बिहानको समयमा विदेशी श्रमिकहरु बस्ने होस्टेल र कम्पनीहरुमा इमिग्रेशनले छापामारीको क्रममा ४२५ जना विदेशी श्रमिकलाई चेकजाँच गर्ने क्रममा १७५ जना विदेशी संग वैधानिक कागजात नभएको अवैधानिकहरुलाई पक्राउ गरि जेल चलान गरिएको अध्यागमन बिभागले जनाएको छ।

PHOTO CREADIT : JABATAN IMIGRESEN MALAYSIA

पक्राउ परेका १७५ जना अवैधानिक मध्य १३२ जना पुरुष र ४१ जना महिला र दुईजना स्यानो बच्चासहित पक्राउ परेको बिभागले जनाएको हो ।

छापामारीको क्रममा अध्यागमन बिभाग मलेसियाका महानिर्देशक वाई.बी.एच.जी. दातो श्री खैरुल जैमी बिन दाउद पनि आफैं उपस्थित रहनुभएको थियो। पछिल्लो समय मलेसियामा अध्यागमनले अवैधानिक विदेशी कामदारहरुलाई पक्राउ,धरपकड गरि जेल चलान डिपोर्ट गर्ने कार्यलाई तीव्रता दिइएको पाइएको छ।