क्षतिपूर्ति तिर्न हलिउड अभिनेत्री एम्बरले घर बेचिन्।

TORONTO, ON - SEPTEMBER 14: Actors Amber Heard (L) and Johnny Depp attend the "Black Mass" premiere during the 2015 Toronto International Film Festival at The Elgin on September 14, 2015 in Toronto, Canada. (Photo by Jason Merritt/Getty Images)

एजेन्सी:= हलिउड अभिनेता जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । पछिल्लो समय हर्डले क्षतिपूर्तीका लागि आफ्नो घर बेचेर चर्चामा आएकी अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

वास्तवमा हर्डले पूर्वपति डेप विरूद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेता डेपले हर्ड विरूद्ध मानहानीको मुद्दा दायर गरे । यस मुद्दामा डेप विजयी भए र अदालतले हर्डलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । केही दिनपछि अदालतले यस विषयमा फेरि हस्तक्षेप गर्दै क्षतिपूर्ति भराउन लिखित आदेश दिएको थियो ।

समाचारमा उल्लेख अनुसार हर्डले क्षतिपूर्ति भराउन क्यालिफोर्नियाको मरुभूमि, युक्का भ्याली ई स्टेटमा रहेको आफ्नो सम्पत्ति बेच्ने सम्झौता गरेकी छन् । सम्पत्ति ६ ​​एकडमा फैलिएको छ, तीन शयनकक्ष र तीन बाथरूमको साथ । उनले यो सम्पत्ति १.५ मिलयिन डलरमा बेचेकी हुन् ।

डेप-हर्ड मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका थिए । उनले आफ्नो आदेशमा दुवै जनाले आ-आफ्नो रकम छिट्टै भर्नुपर्ने लेखेका छन् । जसमा डेपको छवि बिगारेको आरोपमा अदालतले हर्डलाई १० मिलियन डलर तिर्न भनेको थियो । योसँगै डेपले हर्डलाई २० लाख डलर दिन पनि आदेश दिएको थियो ।

हर्डले डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । हर्डले डेपविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दाबी गरेकी थिइन् । हर्डले अदालतको निर्णयलाई निराशाजनक भनेर टिप्पणी गरेकी थिइन् । निर्णयले आफ्नो मन टुटेको उनले बताएकी थिइन् ।