सन्दीप लामिछाने बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा।

काठमाडौ:= नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा पर्नुभएको छ ।

२८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।पछिल्लो दुई संस्करणमा भने उहाँले होबर्ट हुरिक्यान्सबाट खेल्नुभएको थियो ।

गत सिजन उहाँले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिनुभएको थियो । सन् २०१८ देखि २०२० सम्म भने उहाँले दुई सिजन मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो। यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो ।