काठमाडौं:= थारु समुदायकी लोकप्रिय नेपाली गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको थारू गीत ‘चलते चलते’ सार्वजनिक गरिएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत द कन्टेन्ट नेपाल युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।
यस गीतमा लोक जी मिजारको ब्यवस्थापन रहेको छ। द- कन्टेन्ट नेपालको प्रस्तुतिमा तयार भएको ‘चलते चलते’ गीतको म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गर्नुभएको छ । त्रिकोणत्मक प्रेमकथालाई निर्देशक भुपेनले भिडियोमा झल्काउनुभएको छ ।
म्युजिक भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय छ । यस भिडियोलाई गायक, निर्देशनसँगै क्यामेरा, इडिट, कलरसमेत भुपेनकै रहेको छ, भने मेकअप उषा चौधरीको छ ।
गायक भुपेनको यस अगाडिका थारू गीत ‘सनन सनन’ २५ लाख बढी दर्शकले हेरिसकेका छन् । थारू गीतसँगै भुपेनले नेपालीमा ‘मदानीमा’, ‘हलचल’ बोलको गीतहरू बजारमा ल्याइसक्नुभएको छ ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :




















