भारत:= नेपाल साफ यु-२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै घरेलु टोली भारत फाइनलमा प्रवेश गरेपछि नेपाल खेलबाट बाहिरिएको हो ।
भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलमा गुरकिरत सिंहले ९०औं मिनेटमा विजयी गोल गरे। बंगलादेश चार खेलमा तीनमा जित र एउटा बराबरी खेल्दै १० अंकसहित तालिकाकाे शीर्षस्थानमा रहेर फाइनल पुग्दा भारत चार खेलमै तीनमा जित र एकमा पराजित हुँदै तालिककाे दाेस्राे स्थानमा रहेर फाइनल पुगेकाे हाे ।





















