[ समीर मल्ल ]
बझाङ := यहीँ १४ साउन शनिबारका दिन बुङ्गल सेवा समाजको प्रथम साधारण सभा तथा उद्धघाटन समारोहले बिरेन्द्र बहादुर सिंहको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ।
समितिको अध्यक्षमा बिरेन्द्र बहादुर सिंह , उपाध्यक्ष शैलेन्द्र बहादुर सिंह ,सचीव मा कृष्ण बहादुर धामी, सह-सचीवमा हिक्मत बहादुर धामी, कोषअध्यक्षमा कर्ण बहादुर बोहरा, रहेका छन भने सदस्यहरुमा योसाेदा पाल, राजेन्द्र ब.सिंह , शिव ब. ऐडि, गौरब ब. धामी, रहेका छन।
समितिको लेखापरीक्षकमा उतम बहादुर मल्ल रहनुभयको छ्, भने सल्लाहकार समितिको संयोजकमा गणेश बहादुर सिंह , रहनुभएको छ। त्यस्तै सल्लाहकार समितिको सदस्यहरुमा बिर्सलाल बि क, लक्ष्मीप्रसाद जोशी, मान बहादुर सिंह ,उत्तम जोशी,मोहन बहादुर सिंह , सहदेब बोहरा रहनुभएको छ।

आस्था होटेल धनगढी कैलालीको सभाहलमा आयोजना गरिएको बुङ्गल सेवा समाजको प्रथम साधारण सभामा प्रमुख अथिती बझाङको सरस्वती माध्यमिक बिद्यालयका पुर्ब प्रधानध्यापक हरि कुवर, बिशिस्ट अतिथिहरुमा गणेश बहादुर सिंह, हेमन्त बहादुर सिंह , र कर्ण बहादुर कुवर रहनुभएको थियो ।
तदर्थ समितिका उपाध्यक्ष बिरेन्द्र बहादुर सिंहको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा पुर्खेउली घर बझाङ्ग बुङ्गल भैइ विभिन्न ठाउँमा बसेर विभिन्न पेशामा आबद्ध अगुवा समाजसेवी , बुद्धिजीवी हरुको बाक्लो उपस्थित रहेको थियो।
यसैगरी कार्यक्रममा बोल्दै भाइचारा, आपसी सहयोग , र समन्वय गरि बुङ्गलको बिकासको लागि मानबिय स्रोत परिचालित गरि चेतनामूलक कार्यक्रम सशक्तीकरण
सामाजिक सास्कृतिक रुपान्तरण सहितको समग्र बुङ्गल बासिलाइ एकताबद्ध गर्ने बुङ्गल सेवा समाजको लक्ष्य रहेको कार्यसमितिका उपाध्यक्ष शैलेन्द्र बहादुर सिंहले बताउनुभयो ।
कार्यक्रम निकै सभ्य र भब्यताका साथ सम्पन्न भयको र यसले बुङ्गलको हितको लागि काम गर्न अझ उर्जा थपेको भन्दै समाज सुधारमा निस्वार्थ भावले सबैले लाग्नोपर्ने भन्दै सबै एकजुट भयर लाग्नेमा बिस्वस्थ रहेको समाजका सचिब कृष्ण बहादुर धामिले बताउनुभयो।




















