बायर्न म्युनिखलाई जर्मन सुपर कप फुटबलको उपाधि।

WOLFSBURG, GERMANY - MAY 14: Robert Lewandowski of FC Bayern Muenchen is challenged by Ridle Baku and Felix Nmecha of VfL Wolfsburg during the Bundesliga match between VfL Wolfsburg and FC Bayern München at Volkswagen Arena on May 14, 2022 in Wolfsburg, Germany. (Photo by Stuart Franklin/Getty Images)

एजेन्सी := आरबी लाइपजिगलाई ५-३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप फुटबलको च्याम्पियन बनेको छ । बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे।

लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको पहिलो उपाधि हो। बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १०औं पटक सुपर कपको उपाधि जितेको हो ।