काठमाडौं:= पत्रकार खेम भण्डारी अर्का एक चर्चित पत्रकार रवि लामिछाने लड्ने क्षेत्रबाटै चुनाव लड्ने हुनुभएको छ । भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताउनुभएको हो।
उहाँले आफ्ना मुद्दा पनि अघि सार्दै भन्नुभएको छ, ‘निर्मला प्रकरणमा मैले नौ जना निर्दोष बचाएँ । र, अहिले पनि म भीभीआईपी नै निर्मलाको बलात्कारी र हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिष्टहरू मन्त्री (गृह) को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौँ खर्च गरे छोरो बचाउन।’
उहाँले नेपालका ठूला मिडियालाई पनि कमजोर बनाएर उक्त हत्याकाण्डको छानबिन कमजोर बनाइएको छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्नुभएका लामिछाने सो दलका सभापति हो भने पत्रकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष भण्डारी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुनुहुन्छ ।




















