बलिउड स्टार अक्षय कुमार फेरी पनि बने बढी कर तिर्ने बलिउड अभिनेता।

एजेन्सी (मुम्बई):= बलिउड अभिनेता अक्षय कुमार फेरी पनि सबै भन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनले आयकर विभागबाट प्रमाणपत्रसहित सम्मान पाएका हुन् । आफ्नो सबै काम निकै उत्साहका साथ पूरा गर्ने अक्षय वर्षमा चारदेखि पाँच ओटा फिल्म खेल्ने गरेका छन् ।

भारतीय सञ्चार माध्यामका अनुसार अक्षय कुमारले लगातार पाँच वर्षदेखि सबै भन्दा बढी कर तिर्ने स्टारको उपाधि जित्दै आएका छन् । अक्षय कुमारलाई बलिउडमा खेलाडी कुमारको उपमा पनि दिइएको छ ।

खिलाडी कुमार अहिले बेलायतको सुटिङमा व्यस्त भएका छन्। जसका कारण उनको टोलीले आयकर विभागबाट सम्मान पत्र स्वीकार गरेको छ । जुन सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । भारतीय पत्रिका पिंकभिलाले अक्षय कुमारलाई अहिलेसम्मकै सबै भन्दा बढी फिल्म खेल्ने अभिनेता घोषित गरेको छ ।

अक्षय कुमार यतिबेला जसवंत सिंह गिलको बायोपिकको सुटिङ बेलायतमा गरिरहेका छन् । उनको फिल्म ‘रक्षा बन्धन’ अगस्ट ११ मा रिलिजको लागि तयारमा रहेकाे छ । साेही फिल्ममा उनीसँगै भूमि पेडनेकर पनि मुख्य भूमिकामा देखिने भएकी छन् ।

रक्षाबन्धन बाहेक अक्षयको ‘सेल्फी’, ‘राम सेतु’, ‘ओह माई गॉड २’ र ‘बडे मियाँ छोटे मियाँ’ जस्ता फिल्म रिलिजको तयारीमा रहेकाे छ ।