नेपाली श्रमिक मनोज चौधरीको साउदीमा मृत्यु, शव नेपाल ल्याउन पहल गरिदिन परिवारको आग्रह।

[ धिरेन्द्रकुमार चौधरी ] 

साउदी अरेबिया :=  वैदेशिक रोजगारीको निम्ति साउदी अरबको एक कम्पनीमा कार्यरत रहँदै आएका सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ निबासी करिब ३६ बर्षीय मनोज चौधरीको मृत्यु भएको छ।

मृतक मनोजका भाइ सरोज चौधरीले जानकारी दिइए अनुसार कोठामा सुतिरहेको अबस्थामा दाजुको मृत्यु भएको खबर प्राप्त भएको बताए । दाजुसंगै कोठामा बस्दै आएका रामधुनी–६ निवासी कृष्ण चौधरीले असार १७ गते फोन मार्फत मृत्यु भएको खबर सुनाएको उनले बताए । मृत्युको खबर आएपछि यतिबेला पुरै परिवार र गाउँनै शोकमा डुबेको छ । मृतकको घरमा एक पत्नी, एक छोरी, बुबा, आमा, दुई दाजु भाइ रहेका छन्।

आज भन्दा १० महिना अगाडि काठमाडौमा अवस्थित एस.ओ.एस. मेन पावरको सुनसरीकै इटहरीमा रहेको शाखा कार्यालयमार्फत साउदीको दमाममा रहेकोे गुल्फ एशिया कन्ट्राक्टिङ कम्पनि पुगेर नाजिर अल हजिरा कम्पनिमा कार्यरत रहेको बताइएको छ । शोकाकुल परिवारले मृतकको शव नेपाल ल्याउन पहल गरीदिनु हुन सम्बन्धित निकायहरुलाई आग्रह पत्राचार समेत गरेको छ।