काठमाडौं:= काठमाडौं उपत्यकाको फोहोर आजदेखि एक हप्ता नउठ्ने भएको छ ।नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो ।
योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ ।बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन ।
यो सँगै काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिन लागेको हो । महानगरले यस अवधिमा आ-आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ।




















