जसपाले बाबुराम भट्टराईसहित ९ जनालाई पार्टीबाट पदमुक्त गर्दै कारवाही गर्‍याे।

काठमाडौं := जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उहाँ पक्षीय ९ जना नेताहरुको जिम्मेवारी खोस्दै पदमुक्त गरि कारबाही गरेको छ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले उहाँहरुमाथि कारबाही गरेको हो । बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शाेव, दानबहादुर चाैधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमी लगायतकोलाई पदमुक्त गरेकाे जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिनुभयो।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ । यस्तै सोही बैठकले सङ्घीय परिषद् अध्यक्षमा भट्टराईको ठाउँमा अशोक राईलाई चयन गरेको छ।