काठमाडौं:= आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको ‘हवाई टिकट काटौँ, सुनचाँदी जितौँ’ योजनाअन्तर्गत कम्पनीले सुनको सिक्का जित्ने दुईजना भाग्यशाली विजेता घोषणा गरेको छ । पहिलो दुई साताका एक भाग्यशाली विजेता सन्देश श्रेष्ठ र दोस्रो दुई साताका रामपुकार महतोको नाम घोषणा गरेको हो ।
दुवै विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकट खरिद गरेका थिए । योजना अवधिभर हवाई टिकट खरिद गर्ने यात्रुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको कम्पनीले जनाएको छ ।
जेठ १ गतेदेखि सुरु भएको योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत् नेपालका कुनै पनि आन्तरिक उडान सेवाको हवाई खरिद गर्ने यात्रुमध्ये दुई भाग्यशाली हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका हुन् ।




















