दिल्ली र मुम्बइलाई विद्युतीय राजमार्गबाट जोड्ने प्रधानमन्त्री मोदीको महत्वकांक्षी योजना।

एजेन्सी (नयाँदिल्ली):= भारत सरकारले राजधानी दिल्ली र वित्तिय राजधानी मुम्बइलाई विद्युतीय राजमार्ग बनाउने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका दुई प्रमुख शहरलाई विद्युतीय राजमार्गबाट जोड्ने महत्वाकांक्षी प्रस्ताव अघि बढाउनुभएको हो ।

विद्युतीय राजमार्गमा ट्रली बस, ट्रली ट्रक र विद्युतीय सवारीसाधनमात्रै चलाउन पाइने भएको छ । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले साँढे दुई खर्बको लगानीमा करिब १४ सय किलोमिटर लामो विद्युतीय राजमार्ग बनाउने योजना पुष्टि गर्नुभएको हो ।

बढ्दो वातावरणीय क्षतिलाई न्यून गर्न विद्युतीय सवारीमा जानुको विकल्प नरहेको उहाँँको तर्क छ । भारत सरकारले ठूला सवारी तथा ढुवानीका साधनलाई इथानोल, मेथानोल र हाइड्रोजन ऊर्जा प्रयोगमा प्रोत्साहन गरिने पनि जनाइएको छ ।